Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ७९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ७९ जना पक्राउ

दैनिकी न्यूज

२१, कार्तिक २०७८
जुवातास खेलिरहेको अवस्थामा ७९ जना पक्राउ
images

काठमाडौ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ७९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौ, चन्द्रागिरी नगरपालिका-१४ पुरानो नैकाप बस्ने ४१ वर्षीय शंकर थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय पुष्कर थापा सहित १६ जनालाई
शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ४३ हजार ३ सय ५ रुपैयाँ, जुवातास खेल्न प्रयोग भएको गलैचा १ थान र ६ सय ३४ पत्ती तास सहित पक्राउ गरेको हो ।

भक्तपुर, चाँगुनारायण नगरपालिका-८ सुडाल पुरीगाउँ बस्ने ५२ वर्षीय मणिराम पुरीको घरमा तास खेलिरहेको अवस्थामा पुरी लगायत १५ जनालाई शनिबार राति प्रहरीले पक्राउ
गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १२ लाख ४३ हजार ७ सय ८० रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ बाबुगाउँबाट जुवातास खेलिरहेको अवस्थामा ४८ जनालाई नगद ४ लाख ६६ हजार ७७ रुपैयाँ र १० गड्डी तास सहित शनिबार बिहान
प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा केही मानिसहरु जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७८ आइतवार - २१:१५:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology