काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ ।
बैठक कात्तिक २८ गते आइतवार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयले आइतबार सूचना प्रकाशित गरी जनाएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि सूचित गरिएको छ।
काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर अन्तिममा तय भएको छ । बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ ।