Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

ग्यास सिलिण्डर विष्फोट हुँदा ललितपुरमा ४ जनाको मृत्यु, २ घाइते

ग्यास सिलिण्डर विष्फोट हुँदा ललितपुरमा ४ जनाको मृत्यु, २ घाइते

दैनिकी न्यूज

१९, कार्तिक २०७८
ग्यास सिलिण्डर विष्फोट हुँदा ललितपुरमा ४ जनाको मृत्यु, २ घाइते
images

ललितपुर । ललितपुरको मंगलबजारस्थित एक ४ तले घरमा ग्यास सिलिण्डर विष्फोट हुँदा ४ जनाको मृत्यु भएको छ। आगलागीबाट दुई जना घाइते भएका छन्। उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय ६५ वर्षिय लक्ष्मीकृष्ण ताम्रकारको ४ तले कच्ची घरमा आगलागी हुँदा लक्ष्मीकृष्णसहित, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता, एसपी प्रज्वल महर्जनले जानकारी दिए।

प्रहरीका अनुसार मृत्यु हुनेमा निरज ताम्राकारको बुबा, दिदी, श्रीमती र छोरा हुन्। प्रहरीले विष्फोट आवाज आएकाले ग्यासको सिलिण्डर विष्फोट भएको हुन सक्ने जनाएको छ।

आज बेलुकी ६ः४५ बजे घरमा घरमा विष्फोटको आवाज आएलगत्तै आगलागी भएको र आजलागी नियन्त्रणमा आइसकेको महर्जनले बताए ।

 

images
प्रकाशित मिति :कार्तिक १९, २०७८ शुक्रवार - २१:०४:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology