Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सीता एयरको विमान बदेलसँग ठोकियो

सीता एयरको विमान बदेलसँग ठोकियो

दैनिकी न्यूज

१६, कार्तिक २०७८
सीता एयरको विमान बदेलसँग ठोकियो
images

काठमाडौं । सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलमा सामान्य दुर्घटनाबाट बचेको छ । नेपालगञ्ज विमानस्थलको रहेको बँदेलसँग ठोक्किएका कारण विमान दुर्घटनामा परेको हो । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएको थियो । हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो ।

यात्रु र चालक दलका सदस्य सकुशल रहेको विमान कम्पनीले जनाएको छ । जहाज बँदेलसँग ठोक्किएका कारण टायरको अगाडीभन्दा माथिल्लो भागमा सानो प्वाल परेको छ ।

जहाजमा तीन जना चालक दलका सदस्यसहित १४ जना यात्रु थिए । जहाजमा सामान्य क्षति बाहेक यात्रु सुरक्षित रहेको सीता एअरले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७८ मंगलवार - १०:०३:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology