विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन्। विश्वासको मत नपाउने निश्चित भएपछि उनले सोमबार प्रदेश सभामै सम्बोधन गर्दै राजीनामा दिएका छन्।
आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको प्रस्तावमाथि मत विभाजन गर्ने कार्यसूची थियो।
उनले दिएको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न आह्वान गर्नेछन्। राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख कार्यालय जाने पनि मुख्यमन्त्री आचार्यले बताए।
प्रदेश सभाको बैठक कात्तिक २३ गतेसम्मका लागि सभामुखले स्थगित गरेका छन्।