Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

तीन ठुला देशमा राजदूत सिफारिस, तीनवटामै काङ्ग्रेसलाई कोटा !

तीन ठुला देशमा राजदूत सिफारिस, तीनवटामै काङ्ग्रेसलाई कोटा !

दैनिकी न्यूज

११, कार्तिक २०७८
तीन ठुला देशमा राजदूत सिफारिस, तीनवटामै काङ्ग्रेसलाई कोटा !
images

काठमाडौं । सरकारले तीन मुलुकका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतका लागि शंकर शर्मा, अमेरिका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले बताए । 

शर्मा अमेरिकाका लागि पूर्वराजदूत हुन् भने आचार्य पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्र संघका लागि न्यूर्योकस्थित नियोग प्रमुख थिए । प्राध्यापक खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका र नेपाल तथा एसियाली अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक थिए । अब सरकारले संसदीय सुनुवाइका लागि पठाउने छ । सुनुवाइपछि सम्बन्धित देशमा एग्रिमोका लागि पठाउने र त्यसपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक प्रावधान छ ।

images
प्रकाशित मिति :कार्तिक ११, २०७८ बिहिवार - २३:५२:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology