Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

आज एमाले स्थायी कमिटी बैठक

आज एमाले स्थायी कमिटी बैठक

दैनिकी न्यूज

४, कार्तिक २०७८
आज एमाले स्थायी कमिटी बैठक
images

काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दैछ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक आज दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासल, ललितपुरमा बस्नेछ ।

एमालेले स्थायी कमिटी बैठकका लागि ५ वटा एजेण्डा तय गरेको छ । विवरण अनुसार एमालेको मुख्य एजेण्डा आगामी महाधिवेशन रहेको छ ।

१० देखि १२ मंसिरमा १०औँ राष्ट्रिय महाधिवेशन तय भइसकेको छ । जसअनुसार ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदैछ । आजको बैठक यही विषयमा केन्द्रित रहने नेताहरूले जानकारी दिएका छन् । राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेशलाई बैठकको एजेण्डा बनाइएको छ ।

विधान महाधिवेशनको समीक्षा गरिनेछ । एमालेको प्रथम विधान महाधिवशेन १५–१७ असोजमा भएको थियो ।

यसैगरी, असोज अन्तिम सातादेखिको अविरल वर्षापछिको बाढीपहिरोले ९२ जनाको ज्यान गएको छ भने धानबाली नष्ट भएको छ । यो विषयमा पनि स्थायी कमिटीमा छलफल हुनेछ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७८ बिहिवार - ०८:३२:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology