Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गयो

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गयो

दैनिकी न्यूज

१, कार्तिक २०७८
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गयो
images

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का दोलखा, रामेछाप, काठमाण्डौ लगायतका जिल्लामा पनि महसुस गरिएको छ । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।

यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

images
प्रकाशित मिति :कार्तिक १, २०७८ सोमवार - १४:१९:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology