Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आज दसैंको सातौ दिन फूलपाती भित्र्याइँदै

आज दसैंको सातौ दिन फूलपाती भित्र्याइँदै

दैनिकी न्यूज

२६, आश्विन २०७८
आज दसैंको सातौ दिन फूलपाती भित्र्याइँदै
images

काठमाडौँ । असोज शुक्ल सप्तमीका दिन मङ्गलबार सनातन हिन्दु धर्मावलम्बीले घर–डेरामा फूलपाती भित्र्याइँदै छन् । केरा, दारिम, उखु र अदुवाको बोट, बेसार, बेलपत्र, अशोक र जयन्तीको फूल, असुरोको पातलाई नवपत्रिका मानेर फूलपाती भित्र्याउने प्रचलन छ ।

हनुमानढोका दरबारस्थित दशैँघरमा भित्र्याउने गरी धादिङको जीवनपुरबाट काठमाडौँको जमलमा फूलपाती ल्याउने टोली मङ्गलबार जीवनपुर गएको छ । नेपाली सेनाको शार्दूूलजङ्ग गुल्मका दुई जवान र हनुमानढोका दरबार हेरचाह अड्डाका चार जना जीवनपुर गएका छन् । विगतमा समरजङ्ग कम्पनीको टुकडी जीवनपुर जाने गरेकोमा कम्पनीको जिम्मेवारी शार्दूूलजङ्गमा सारिएकाले यसमा गुल्म सरिक हुन थालेको हनुमानढोका दरबार हेरचाह अड्डाका पर्वपूूजा संयोजक मीठाराम पुडासैनी बताउनुहुन्छ । गोरखाबाट मगर जातिले पैदलै जीवनपुर ल्याएको फूलपातीलाई जीवनपुरबाट जमल हुँदै हनुमानढोका दरबारस्थित दशैँघरमा भित्र्याउने प्रचलन छ ।

सरकारी अधिकारी र गुरु पुरोहितले आशागुर्जा कल्स्यौँडीसहित सिँगारिएको फूलपातीलाई जमलमा स्वागत गरेर दशैँघर भित्र्याउने तयारी भएको छ । दरबार हेरचाह अड्डा प्रमुख सन्दीप खनालका अनुसार दुर्लभ असुरोको पातसहितको यो यात्रा अति महत्वको छ ।

images
प्रकाशित मिति :आश्विन २६, २०७८ मंगलवार - ०७:२१:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology