Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सेल्स वेरीलाई ५० हजार जरिवाना

सेल्स वेरीलाई ५० हजार जरिवाना

दैनिकी न्यूज

२५, आश्विन २०७८
सेल्स वेरीलाई ५० हजार जरिवाना
images

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरबाट खटिएको संयुक्त बजार अनुगमन समितिले आज सेल्स वेरीमा अनुगमन गरेको छ । ललितपुरको सातदोवाटोस्थित सेल्स वेरीमा ह्वाईट हेविट लगायतका चक्लेटहरुमा अनुचित मुनाफा लिएको अनुगमनका क्रममा देखिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार आज बजार अनुगमन गर्ने क्रममा सातदोवाटो ललितपुरमा रहेको सेल्स वेरीले ह्वाईट हेविट लगायतका चक्लेटहरुमा अनुचित नाफा लिएको देखिएकाले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरि आवश्यक निर्देशन दिइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतको नेतृत्वमा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, आन्तरिक राजस्व कार्यालय ललितपुर–२, नेपाल पत्रकार महासंघ ललितपुर शाखा, महानगरीय प्रहरी परिसर ललितपुरका प्रतिनिधिहरुको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गरिएको थियो ।

कालोबजारी, मुल्य सूचि नराखेको, विक्रीका लागि राखिएको सामानको गुणस्तरीयता नभएको, उत्पादन मिति नभएको, पसल सञ्चालन गर्न अनुमति प्राप्त नभएको लगायतका कैफियत देखिएका १९ व्यवसायीलाई यसअघि कारबाही गरेको थियो ।

संयुक्त बजार अनुगमन समितिले असोज ७ गतेदेखि अनुगमन गर्दै आईरहेको छ । अनुगमनको क्रममा मापदण्ड विपरीत व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई १ लाख ३५ हजार ५ सय रुपैयाँ जरिवाना तिराइएको थियो ।

24.jpg

25.jpg

images
प्रकाशित मिति :आश्विन २५, २०७८ सोमवार - १८:१६:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology