Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

हत्या गरेको अभियोगमा प्युटारबाट ४ जना पक्राउ

हत्या गरेको अभियोगमा प्युटारबाट ४ जना पक्राउ

दैनिकी न्यूज

२४, आश्विन २०७८
हत्या गरेको अभियोगमा प्युटारबाट ४ जना पक्राउ
images

ललितपुर । बाग्मती गाउँपालिका–४ प्युटार घर भएका २९ वर्षीय राजकुमार भुलुनको हत्या गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मृतककै श्रीमती २८ वर्षीया रजिना भोलुन, गोदावरी नगरपालिका–७ देवीचौर बस्ने ३० वर्षीय ज्ञान कुमार सिंतान, २५ वर्षीया सुनीता सिंतान र गोदावरी नगरपालिका(१२ ठेचो बस्ने ३० वर्षीया लक्ष्मी ब्लोन (लुङ्वा) भन्ने म्याक्सी माया भोलन रहेका छन् ।

सोही घटनामा संलग्न गोदावरी नगरपालिका–११ बस्ने मनोज मगर भन्ने २८ वर्षीय मनोज सार्की घटनास्थल नजिकै मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका–७ देविचौर सलेनी खोल्सामा धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा असोज ११ गते बिहान राजकुमारको शव फेला परेको घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्रचार्यले जानकारी दिईन ।

images
प्रकाशित मिति :आश्विन २४, २०७८ आइतवार - १८:५५:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology