Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

अपहरण तथा शरीर बन्धक मुद्दाका २ जना पाकिस्तानी पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दाका २ जना पाकिस्तानी पक्राउ

दैनिकी न्यूज

२४, आश्विन २०७८
अपहरण तथा शरीर बन्धक मुद्दाका २ जना पाकिस्तानी पक्राउ
images

ललितपुर । अपहरण तथा शरीर बन्धक मुद्दाका २ जना अभियुक्तहरूलाई काठमाडौं ठमेल नर्सिङ चोकबाट गत मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाकिस्तानी नागरिकहरू राहदानी नम्बर बिटि ५८४०९११ बाहक जिसान मुहम्मद र राहदानी नम्बर एएक्स ७५९७९६२ बाहक ताज रिजवान रहेका छन् ।

गत सोमबार बेलुकी ललितपुर धापाखेलस्थित सिभिल होमको ४१७ नम्बर घरबाट पीडितले झ्यालबाट भागेर गुहार मागेपछि प्रहरी पुग्दा आफू अपहरणमा परेको जानकारी गराएपछि तत्काल महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

पीडित सोही दिन एयर अरेवियाको फ्लाईटबाट काठमाडौं हुँदै क्यानडा जान भनी एयरपोर्टमा आएकोमा एयरपोर्टमै लिन गएका उनीहरूले धापाखेल लगी सिभिल होममा राखी डोरीले बाधी उनी क्यानडा पुगिसकेको भनि घरबाट २५ हजार अमेरिकी डलर मागेपछि पीडितले मौका छोपी झ्यालबाट भागि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थलबाट डोरी, ब्लेड, रड लगायत सामग्रीहरु बरामद गरेको छ ।

उनीहरूउपर अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरबाट १५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परीसर ललितपुरका एसएसपी किरण बज्रचार्यले जानकारी दिईन ।

images
प्रकाशित मिति :आश्विन २४, २०७८ आइतवार - १८:४२:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology