Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

प्रधानमन्त्री देउवाले गरे उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

प्रधानमन्त्री देउवाले गरे उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

दैनिकी न्यूज

२४, आश्विन २०७८
प्रधानमन्त्री देउवाले गरे उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत
images

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्। केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन्। उनी असोज २२ गते मन्त्री नियुक्त भएका थिए।

‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको उनीमाथि आरोप लाग्दै आएको थियो। तर, उक्त आरोपको उनले खण्डन गर्दै आएका थिए । प्रधानमन्त्री देउवाले आइतबारै बिहान हमालले दिएको राजिनामा स्वीकृत गरेका छन् ।

“सम्माननीय प्रधानमन्त्रीज्यू, म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरूमा सक्रिया रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु,” हमालले राजीनामा पत्रमा भनेका छन्, “हाल विभिन्न सञ्चारमाध्यमहरूमा सम्प्रेषित समाचार तथा कानुनविद्हरूले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौँसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ । तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकै बीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।”

images
प्रकाशित मिति :आश्विन २४, २०७८ आइतवार - ११:१३:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology