Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बागमती प्रदेशकी मुख्य मन्त्री शाक्यले आज विश्वासको मत लिँदै

बागमती प्रदेशकी मुख्य मन्त्री शाक्यले आज विश्वासको मत लिँदै

दैनिकी न्यूज

२४, आश्विन २०७८
बागमती प्रदेशकी मुख्य मन्त्री शाक्यले आज विश्वासको मत लिँदै
images

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभाबाट आइतबार विश्वासको मत लिने भएकी छन् ।

प्रदेशसभामा अल्पमतमा रहेकी उनी मुख्यमन्त्री बनेको ५४औँ दिनमा विश्वासको मत लिन लागेकी हुन् ।

आज दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बस्दैछ । सोही अधिवेशनमा मुख्यमन्त्री शाक्य विश्वासको मत लिन लागेकी हुन् ।

१ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ।

प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् ।

गठबन्धनबाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २ र एकजना स्वतन्त्र सांसद छन् । यी सबै दलले शाक्यलाई साथ दिए पनि ५१ मात्र पुग्छ । जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ।

बागमतीमा नेकपा (एकीकृत समाजवादी) बाट नयाँ मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको तयारी छ ।

images
प्रकाशित मिति :आश्विन २४, २०७८ आइतवार - ०८:३५:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology