Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

प्युटारमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एक गम्भीर घाइते

प्युटारमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एक गम्भीर घाइते

दैनिकी न्यूज

२२, आश्विन २०७८
प्युटारमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एक गम्भीर घाइते
images

ललितपुर । एमाले प्रवेश गरेको भन्दै विवाद बढेपछी ललितपुरको वाग्मती गाउँपालिकामा एमाले र काङ्ग्रेसबिच झडप भएको छ । वाग्मती वार्ड नम्बर ४ प्युटारमा भएको  झडपमा काङ्ग्रेसका कार्यकर्ता विजयकुमार स्याङ्तान गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि ललितपुरको ग्वार्कोस्थित बिएन्ड बि भर्ना गरिएको प्रहरीले जनाएको छ ।  

प्रहरी चौकी आश्राङका सइ रामदेव चौधरीले प्युटार, खयरघारिमा मादक पदार्थ सेवन गरेर एमाले र काङ्ग्रेस कार्यकर्ताबिच विवाद भएको र पछि झडप भएको बताए ।  घाइते विजय स्याङ्तान कांग्रेस बागमती गाउँपालिकाको कार्य समिति सदस्य हुन् । उनको टाउकोमा आक्रमण गरेको र गहिरो चोट लागेको सई चौधरीको भनाई छ ।

स्थानीय नेकपा (एमाले) का कार्यकर्ता मुक्तिलाल स्याङ्तान र विक्रम घलानले राजनितिक बिषयलाई लिएर विजयमाथि आक्रमण भएको स्थानीयले बताए । मुक्तिलाल र विक्रम केही समय अघि मात्र कांग्रेसबाट एमालेमा प्रवेश गरेको वडा अध्यक्ष नारायणबहादुर घलेले जानकारी दिए ।

243789700_616417516017074_1776977142089601318_n.jpg

बिक्रम र मुक्तिलाललाई थप अनुसन्धानको लागि महानगरिय प्रहरी वृत चापागाउँ राखिएको डीएसपी टेकबहादुर कार्कीले बताए । तीनै जनालाई आश्राङबाट शनिबार राति एमुलेन्सबाट ल्याइएको थियो ।

images
प्रकाशित मिति :आश्विन २२, २०७८ शुक्रवार - ०९:४६:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology