काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भन्दै एक व्यक्तिबाट १२ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले ठगि अभियोगमा विराटनगरका ४१ वर्षीय मणि निरौलालाई काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।
आफू क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालीको सञ्चालक रहेको भन्दै उनले गठी गर्ने गरेको खुलेको छ।
निरौलाले म्याग्दी घर भई हाल टोखा बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छु भनेर प्रलोभनमा पारेर उक्त रकम ठगी गरेका थिए।
निरौलाले सञ्चालन गरेको एजुकेशन प्राली हाल बन्द रहेको पाइएको छ। निरौलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।