Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

पूर्वसांसद इच्छाराज तामाङ पक्राउ

पूर्वसांसद इच्छाराज तामाङ पक्राउ

दैनिकी न्यूज

१९, आश्विन २०७८
पूर्वसांसद इच्छाराज तामाङ पक्राउ
images

काठमाडौं । नेकपा (एमाले) का पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

सिआइबीका डिआइजी धिरजप्रताप सिंहका अनुसार निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएको हो ।

images
प्रकाशित मिति :आश्विन १९, २०७८ मंगलवार - ०७:०३:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology