Logo

आइतवार, श्रावण २४ गते २०८३

images

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बाड्दै कोन्ज्योसोम गाउँपालिका

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बाड्दै कोन्ज्योसोम गाउँपालिका

दैनिकी न्यूज

१७, आश्विन २०७८
घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बाड्दै कोन्ज्योसोम गाउँपालिका
images

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गतायुक्त, दलित र बालपोषण भत्ता घरमै गएर वितरण गरिरहेको छ ।

सामाजिक सुरक्षा भत्ता रकम बैँकसम्म आएर भत्ता लिनलाई लाभग्राहीहरुलाई समस्या भएकाले घरसम्म पुगेर भत्ता बाडेको गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले जानकारी दिए ।

पहिलो दिन आज गाउँपालिकाको वडा नं. १ चौघरेबाट बाड्न शुरु गरिएको छ । घरमै आएर जनप्रतिनिधि र कर्मचारीले भत्ता दिँदा लाभगाह्री दङ्ग परेका छन् । दशै अगाडि कोन्ज्योसोमका ५ वटै वडामा सामाजिक सुरक्षा भत्ता बाडीसक्ने सिङ्तानको भनाई छ ।

कोन्ज्योसोम गाउँपालिका घरमै गएर सामाजिक सुरक्षा भत्ता दिने जिल्लाको पहिलो स्थानीय तह बनेको छ ।

16.jpg

15.jpg

images
प्रकाशित मिति :आश्विन १७, २०७८ आइतवार - २१:००:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology