Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ परे दुई बिचौलिया

यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ परे दुई बिचौलिया

दैनिकी न्यूज

१७, आश्विन २०७८
यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ परे दुई बिचौलिया
images

ललितपुर । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट २ जना विचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर–१४, नख्खीपोट बस्ने वर्ष ३० को सुमन तामाङ र ललितपुर–१३, कुसुन्ती बस्ने वर्ष २३ को सुरज गुप्ता रहेका छन् ।

लिखित परिक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाईदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाईनमा लागेका सर्वसाधारणलाई सास्ती दिने २ जना विचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ्ग गरि लिदै गरेको अबस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ । पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १७, २०७८ आइतवार - २०:३६:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology