Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

प्रधानमन्त्री देउवाको आव्हानमा आज सर्वदलीय बैठक

प्रधानमन्त्री देउवाको आव्हानमा आज सर्वदलीय बैठक

दैनिकी न्यूज

१४, आश्विन २०७८
प्रधानमन्त्री देउवाको आव्हानमा आज सर्वदलीय बैठक
images

काठमाडौं । आज प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक बस्ने भएको छ। बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयदेखि निरन्तर रूपमा प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ।

संसदमा देखिएको गतिरोध अन्त्य गर्न यसअगाडि सभामुख अग्निप्रसाद सापकोटाले पनि सर्वदलीय बैठक राखेका थिए। तर उक्त बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए।

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाले पहल थालेका हुन्।

images
प्रकाशित मिति :आश्विन १४, २०७८ बिहिवार - ०७:३६:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology