Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा

सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा

दैनिकी न्यूज

१३, आश्विन २०७८
सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा
images

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध मुद्दामा परेको रिट ‘हेर्न नमिल्ने’मा परेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’मा राखेको हो ।

यसअघि २०७६ फागुन ३० गते सभामुख सापकोटाविरुद्धको मुद्दा पेशीमा चढाइएको थियो, तर मुद्दा हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सापकोटाविरुद्ध सर्वोच्चमा उजुरी परेको थियो ।

२०६२ वैशाख १६ गते श्रीकृष्ण मावि दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता लामालाई जिउँदै खाल्डोमा पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन । पूर्णिमायाको जाहेरी प्रहरी नलिएपछि उहाँले सर्वोच्चमा उजुरी दिइन ।

सर्वोच्चले २०६४ फागुन २२ गते आदेश दिएपछि जाहेरी दर्ता भएको थियो । तर, बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

यस निर्णयविरुद्ध लामाकी पत्नी फेरि सर्वोच्च अदालत पुगेकी थिइन् भने सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको थियो । यो मुद्धा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । सोही मुद्दामाथि आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

images
प्रकाशित मिति :आश्विन १३, २०७८ बुधवार - १५:०२:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology