Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सिंङ्तान आफैं कस्सिए लेले–चन्दनपुर सडकको खाल्डा पुर्न

सिंङ्तान आफैं कस्सिए लेले–चन्दनपुर सडकको खाल्डा पुर्न

दैनिकी न्यूज

११, आश्विन २०७८
सिंङ्तान आफैं कस्सिए लेले–चन्दनपुर सडकको खाल्डा पुर्न
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका जोड्ने लेले–चन्दनपुर सडकको खाल्डा पुरिएको छ । वर्षाको कारण ध्वस्त भएको सडकमा दैनिक यात्रा गर्न कठिन भएको स्थानीयले गुनासो गर्दै आएका थिए । सो सडक खण्डको सोमबार मर्मत गरिएको हो ।
कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिङ्तानको प्रत्यक्ष निगरानीमा सडकका सबै खाल्डा पुरिएको गाउँपालिकाले जनाएको छ ।

सो सडक हुँदै महांकाल गाउँपालिका पनि पुग्नुपर्ने भएकोले दक्षिण ललितपुर जोड्ने मुख्य सडक खण्ड अन्तर्गत पर्दछ । अध्यक्ष सिङ्तानले गोदावरी नगरपालिकाबाट कुनै काम नगरेपछि गाउँपालिकाले आफै गरेको बताए ।

'गोदावरी र कोन्ज्योसोम गाउँपालिकालाई जोड्ने सडक भएपनि नगरपालिकाले सडक मर्मतमा कुनै हेल्प नै गरेन, सिङ्तानले दैनिकीन्युजसँग भने, ‘दैनिक यात्रा गर्नुपर्दा स्थानीयको हालत देखेर पालिकाले आफै खाल्डाखुल्डी पुरेको हो।'

दसैं, तिहार छ्ठ जस्ता ठुला चाडपर्व आइसकेकोले त्यसबेला हुनसक्ने दुर्घटनालाई रोक्न सडकको मर्मत गरिएको उनले बताए । उनले दसैंमा घर जाने यात्रुले सजिलोसंग यात्रा गर्न पाउने दाबी गरे ।

खाल्डाखुल्डीको कारण सो सडक खण्डमा रातीको समयमा यात्रा गर्न कठिन छ ।

bato 1.PNG

gopi.jpg

images
प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - २१:५९:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology