Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

राष्ट्रपतिद्वारा दलसम्बन्धी अध्यादेश खारेज

राष्ट्रपतिद्वारा दलसम्बन्धी अध्यादेश खारेज

दैनिकी न्यूज

११, आश्विन २०७८
राष्ट्रपतिद्वारा दलसम्बन्धी अध्यादेश खारेज
images

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धीको अध्यादेश खारेज गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश खारेज गर्न सिफारिस गरेको थियो।

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

images
प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - २०:५३:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology