ललितपुर । फैसला कार्यान्वयनको क्रममा ८ लाख जरिवाना र ३ दिन कैद फैसला भएका २ जना फरार प्रतिवादी महानगरीय प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको छ ।
आज बृत सातदोबाटोवाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनको क्रममा बैकिङ कसुर मुद्दामा ८ लाख जरिवाना तोकेको ललितपुर जिल्ला महालक्ष्मी–५ बस्ने कुल प्रसाद ढुङ्गेल पक्राउ गरेको छ ।
त्यस्तै बैंकिङ कसुर मुद्दामा ३ दिन कैद फैसला भएका फरार प्रतिवादी राजेश श्रेष्ठलाई बैंकिङ कसुर मुद्दामा पक्रउा गरेको छ ।
ढुंगेल र श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पठाईएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी दिनेश घिमिरेले बताए ।