काठमाडौं । आज सरकारले संविधान दिवसका अवसरमा सार्वजनिक गरेको विभुषित हुनेहरुको सूचिमा दर्जनौ पत्रकारहरु पनि परेका छन् । उनीहरुलाई विभिन्न मान–पदवी, अलङ्कार र पदकबाट विभूषित गरिने भएको हो ।
आज प्रकाशित सुचीअनुसार सुप्रवल जनसेवा श्री पदक पाउने पत्रकारहरुमा तारानाथ दाहाल, डा. सुरेश प्रसाद आचार्य, हरिबिनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान, हरि बहादुर थापा रहेका छन् ।
त्यसैगरी कृतिमय राष्ट्रदिप पदक ओम शर्मा, गुणराज लुइटेल, महेश्वर दाहालले पाउनुहुने भएको छ ।
त्यस्तै प्रबल जनसेवा श्री पदकबाट पत्रकार बद्री सिग्देल, ऋषि धमला, अजयबाबु सिवाकोटी, नेत्र कुमार केसी, मुकुन्द दाहाल, दिल भुषण पाठक, समा थापा, विश्वमणि पोखरेल, कविर राणा, रविन सायमी, रवि मिश्र, अनिता विन्दू, डा. बालकृष्ण चाँपागाई, माधव ढुङगाना, प्रकृति अधिकारी विभूषित हुनुहुने भएको छ ।
यसैगरी पत्रकारहरु भरतबन्धु थापा, भुवन शर्मा, दिपक खरेल, गिरीजापसाद अधिकारी, प्रभात कुमार झा, नारायण अमृत, चन्द्रशेखर कार्की, किसन राई, खगेन्द्र अधिकारी, सुनिल महर्जन, रोसन सापकोटा, विष्णु खड्का, रेखा भुषाल, बृजाकुमार यादव, आकांक्षा शाह, नरेन्द्र कुमार साउँद, लिला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान र दिपेन्द्र श्रेष्ठलाई जनसेवा श्री पदकबाट सम्मान गरिने भएको छ ।