Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

मुख्यमन्त्री शाक्यको खुलासा, यसरी आउँछ विश्वासको मत

मुख्यमन्त्री शाक्यको खुलासा, यसरी आउँछ विश्वासको मत

दैनिकी न्यूज

२, आश्विन २०७८
मुख्यमन्त्री शाक्यको खुलासा, यसरी आउँछ विश्वासको मत
images

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी) को पनि सहयोगमा आफूले विश्वासको मत पाउने दाबी गरेकी छन्। महोत्तरीको बर्दिबासमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गरिन्।

बागमती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरूको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताइन्। एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उनको भनाइ थियो। नेता नेपालको नेकपा (एमाले) लाई मजबुत बनाउनमा महत्त्वपूर्ण योगदान दिएको र नेपालले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताइन्। उनले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दै आएको बताइन्। एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आ–आफ्नो अडान छाड्नुपर्नेमा शाक्यले जोड दिइन्। रासस

images
प्रकाशित मिति :आश्विन २, २०७८ शनिवार - २२:५९:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology