Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

रडले हानेर छिमेकीको हत्या, प्रहरीद्वारा हवाईफायर

रडले हानेर छिमेकीको हत्या, प्रहरीद्वारा हवाईफायर

दैनिकी न्यूज

२, आश्विन २०७८
रडले हानेर छिमेकीको हत्या, प्रहरीद्वारा हवाईफायर
images

चितवन । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन् ।

प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसइबीका कारण मदिरा सेवन गरी हत्या गरेको बुझिन आएको छ ।

घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्यास प्रहार गर्नुपरेको उनले जानकारी दिए ।

सोही क्रममा झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयवासी घाइते भएको उनले जानकारी दिए ।

खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले बताए । राति नै अभियुक्त मल्ल र शव भरतपुर ल्याइएको छ । रासस

images
प्रकाशित मिति :आश्विन २, २०७८ शनिवार - १०:४१:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology