Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

‘सर्जिकल सामग्रीको सप्लायर्स’ भन्दै ४२ लाख ठगेको आरोपमा ललितपुरबाट एक युवक पक्राउ

‘सर्जिकल सामग्रीको सप्लायर्स’ भन्दै ४२ लाख ठगेको आरोपमा ललितपुरबाट एक युवक पक्राउ

दैनिकी न्यूज

२८, भाद्र २०७८
‘सर्जिकल सामग्रीको सप्लायर्स’ भन्दै ४२ लाख ठगेको आरोपमा ललितपुरबाट एक युवक पक्राउ
images

ललितपुर । ‘आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ’ भन्दै ठगी गरेको आरोपमा युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले ललितपुर–४ बागडोलबाट ४२ वर्षीय सरल रानालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

‘आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ’ भन्दै उनले ४२ लाख २४ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित शंकर महर्जनले सञ्चालन गरेको किपु साईन्टिफिक ट्रेडर्समा मार्केटिङको काम गर्ने विश्वम्भरलाल श्रेष्ठ र बिक्रम देउवालाई उनले ठगी गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

पक्राउ परेका रानाले आफू भारत पञ्जाबस्थित माइरियाद ह्युस हेल्थ केयर कम्पनीको ‘नेपाल प्रतिनिधि हौं’ भनेका थिए ।
उनले पञ्जा, ल्याटेक्स एक्जामिनेसन पञ्जा विभिन्न साइजका एक सय प्रति बाकस प्रति ३ सय ३० भा.रु. पर्छ भनेका थिए । नमुना समेत देखाएर रानाले पटकपटक आइ एक हप्ताभित्र श्रेष्ठ र देउवाको विश्वास जितिसकेका थिए ।

पछि सामान माग गरी उनीहरूले ४२ लाख २४ हजार रुपैयाँ रानाको बैक खातामा जम्मा गरिदिएका थिए । तर पठाउँदा रानाले बाकसमा ५० पिसमात्रै राखेर गुणस्तरहीन सामान पठाएको आरोप छ ।त्यसपछि श्रेष्ठ र देउवाले रानालाई सम्पर्क गर्न खोज्दा बेपत्ता भए । ठगी गरेको आरोपमा महाशाखामा सरल राना, उमेश नकर्मी र सन्दिप थापा विरुद्ध जाहेरी पर्यो । जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो । उनलाई पक्राउपछि आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परीसर टेकु काठमाडौंमा बुझाइएको कोइरालाको भनाइ छ ।

 

images
प्रकाशित मिति :भाद्र २८, २०७८ सोमवार - ०८:१९:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology