Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

दैनिकी न्यूज

२७, भाद्र २०७८
सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
images

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। नेकपा (एमाले) ले निरन्तर संसद बैठक अवरोध गरेपछि निकास खोज्न सभामुखले सोमबारका लागि बैठक बोलाएका हुन्।

बैठकमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दल नेता केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू र दलका नेताहरूलाई पनि बोलाइएको छ ।

सर्वदलीय बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा दिउँसो २ः३० बजे बस्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा संसद् अवरोध हटाउने लगायतको विषयमा छलफल हुने छ ।

एमालेले आज पनि संसद बैठक अवरोध गरेको थियो। संघीय संसद्‌को अधिवेशन भदौ २३ गतेबाट प्रारम्भ भएको हो ।

images
प्रकाशित मिति :भाद्र २७, २०७८ आइतवार - १६:११:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology