ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटो स्थित बोधिग्राम बस्ने दिनेश महर्जनको घरबाट करिब १० लाख १५ हजार रुपैयाँ बराबरको विभिन्न सुनका गहना तथा नगद शनिबार साँझ चोरी भएको छ ।
उनको घरको कोठाको ताल्चा फोडी सुनका विभिन्न गर(गहना र नगद समेत चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी घटनास्थल गएको थियो ।
वृत्त सातदोबाटोले चोरी कार्यमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै आवश्यक अनुसन्धानगरिरहेको छ ।