Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

संसद बैठकमा के-के भयो ? यसरी पेश भयो दल फुटाउने अध्यादेश

संसद बैठकमा के-के भयो ? यसरी पेश भयो दल फुटाउने अध्यादेश

दैनिकी न्यूज

२३, भाद्र २०७८
संसद बैठकमा के-के भयो ? यसरी पेश भयो दल फुटाउने अध्यादेश
images

काठमाडौं । सरकारले नेकपा एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेस गरेका हुन् । एमाले सांसदहरूले नाराबाजी गरिरहेकै बेलामा सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री खाँणलाई अध्यादेश टेबल गर्न समय दिएपछि उनी रोस्टममा पुगेर पेस गरेका हुन् । त्यसपछि सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक २५ गतेसम्मका लागि स्थगित गरेका छन् । दिउँसो ४ बजे सुरु भएको बैठकको सुरुमै एमाले सांसदहरुले नाराबाजी गरेर अवरोध पुर्‍याएका थिए । पहिलो बैठक असन्तुष्ट दलसँग छलफलका लागि १५ मिनेट स्थगित गरिएको थियो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँगको छलफलमा सहमति नजुटेपछि सभामुख सापकोटाले दोस्रो बैठक सञ्चालन गरेका थिए । एमालेले रोस्टम अघि नाराबाजी कायम राखे पनि सापकोटाले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकका अध्यक्षता गर्नका लागि सांसदहरुको नाम मनोनयन गरेको पढेर सुनाए । जसमा चन्द्रकान्त चौधरी, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, लालबाबु पण्डित, सत्य पहाडी, सरलाकुमारी यादव रहेका छन् । एमालेले पार्टीले कारबाहीका लागि सिफारिस गरेका १४ जना सांसदलाई कारबाही नगरेको र दल विभाजनमा भूमिका खेलेको भन्दै सदनमा विरोध जनाएको हो । पहिलो बैठकमा बोल्दै प्रमुख सतेचक भट्टराईले विगतमा अन्य दलका कारबाहीको सिफारिसलाई तत्कालै सूचना प्रकाशन गरिएको तर एमालेको सिफारिसलाई विचाराधीनमा राखेर दल विभाजन भइसकेपछि कारबाही गर्न नपर्ने निर्णय गरेको भन्दै सदनको कारबाही चल्न नदिने घोषणा गरेका थिए । सांसदहरूले विधिको शासन कायम गर्न, संसदीय सर्वोच्चता कायम गर्न माग गरे । सभामुख सापकोटाले मुलुकको संविधान र कानुन तथा संसद्को मर्यादा र परम्पराभन्दा बाहिर नजान आग्रह गर्दै आफूले प्रतिनिधिसभाको नियमावलीबमोजिम नै काम गरेको जिकिर गरे । भट्टराईले एमालेको तर्फबाट सभामुखको जवाफ मागे थिए । त्यसपछि सापकोटाले जवाफ सुरु गरे पनि एमाले सांसदहरुले रोस्ट्रम अगाडि नाराबाजी गरेका थिए । picture source :kantipur

images
प्रकाशित मिति :भाद्र २३, २०७८ बुधवार - १९:५१:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology