Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नक्कली प्रमाणपत्र बनाउने एक व्यक्ति ललितपुरबाट पक्राउ

नक्कली प्रमाणपत्र बनाउने एक व्यक्ति ललितपुरबाट पक्राउ

दैनिकी न्यूज

२२, भाद्र २०७८
नक्कली प्रमाणपत्र बनाउने एक व्यक्ति ललितपुरबाट पक्राउ
images

ललितपुर । नक्कली प्रमाण–पत्र बनाएको आरोेपमा एक व्यक्ति ललितपुरबाट पक्राउ परेका छन।

सोमबार ललितपुरको कुपण्डोल स्थित युएन पार्कबट बागलुङ वाडगार्ड–९ घर भएका वर्ष ३२ को युद्ध बहादुर खेसीलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।

उनले नेपाल तथा भारतका विभिन्न मेडिकल कलेजबाट डिप्लमा इन फार्मेसी तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाई नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली कागजात समेत बनाईदिने गरेको आरोप छ । केसी नक्कली लाइसेन्स, परीक्षा प्रवेश–पत्रलगायतका नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संलग्न रहेका परीसरका प्रवक्ता, एसपी प्रज्वल महर्जनले बताए ।
केसीलाई लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत, ललितपुरबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

images
प्रकाशित मिति :भाद्र २२, २०७८ मंगलवार - १९:३२:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology