Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

चोरको जालो तोड्दै सातदोबाटो प्रहरी, चोरीमा संलग्न १० पक्राउ

चोरको जालो तोड्दै सातदोबाटो प्रहरी, चोरीमा संलग्न १० पक्राउ

दैनिकी न्यूज

२२, भाद्र २०७८
चोरको जालो तोड्दै सातदोबाटो प्रहरी, चोरीमा संलग्न १० पक्राउ
images

ललितपुर । ललितपुरबाट प्रहरीले विभिन्न सामान चोरी गर्ने १० जनालाई पक्राउ गरेको छ । ल्यापटप, मोबाइल चोरीमा संलग्न ४ जना र सुन, नगद चोरी गर्ने ६ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर–१४ स्थित महालक्ष्मीस्थानबाट उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सातदोबाटो प्रहरीले भदौ १२ मा महालक्ष्मीस्थानबाट २ जनालाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा चोरीमा संलग्न थप २ जनालाई नियन्त्रणमा लिइएको वृत्त सातदोबाटोका प्रमुख, डीएसपी दिनेश घिमिरेले जानकारी दिए । आरोपीहरुको साथबाट प्रहरीले डेल कम्पनीको आई–५ ल्यापटप, सामसुङ, कलर्स, ओप्पो, आइफोन र एमआई कम्पनीका मोबाइल बरामद गरेको छ । चोरीमा संलग्न आरोपीहरुबाट बरामद गरिएको डेल कम्पनीको कालो रंगको ल्यापटप, एप्पलको म्याकबुक प्रो (सिल्भर रंग) र ‘इ’ लेखिएको ल्यापटपका धनी प्रहरीको सम्पर्कमा आएका छैनन् । ल्यापटप धनीसँग सम्पर्क गर्ने लगायत चोरीमा संलग्नहरूमाथि थप अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए । आफ्नो ल्यापटप हराएको भएमा सातदोबाटोस्थित प्रहरी वृत्तमा सम्पर्क गर्न पनि डिएसपी घिमिरेले आग्रह गरेका छन् ।

241197207_893530154917539_7190683839291520667_n.jpg

त्यस्तै सुन र नगद चोरी गर्ने कार्यमा संलग्न ६ जना पक्राउ गरेको छ । गत भदौ २ गते ललितपुर–१३ कुसुन्ती स्थित शान्ता लामिछानेको घरमा १५ मिनेटको अन्तरालमा सुत्ने कोठामा ताल्चा लगाई भान्सा कोठामा खान गएको मौका छोपी घरको ताला फोडी कोठामा रहेको दराज फोडेका थिए । दराजभित्र झोलामा राखिएको करिब १० तोला सुनको गरगहनाहरु र १० लाख रुपैयाँसमेत चोरी गरेका थिए । वृत सातदोबाटोवाट खटिएको प्रहरी टोलीले सुक्ष्म अनुसन्धान पश्यात २ जना भई चोरी गरेको र चोरीको गरगहना बिभिन्न स्तरमा किनबेच समेत गरी सुनको स्वरुप परिवर्तन गर्ने कार्यमा संलग्न बिना बिल सुन किन्ने र बेच्ने कार्यमा सलग्न अन्य ४ जनालाई ललितपुरको विभिन्न एरियाबाट पक्राउ गरेको डीएसपी घिमिरेले बताए । गननाको स्वरुप परिबर्तन भैसकेको अबस्थामा करिब ३ तोला सुन, धनमालसँगै चोरी भएको मोबाईल र रु ४५ हजार नगद सहित भएको घिमिरेको भनाई छ । उनीहरु विरुद्ध चोरी सम्बन्धी कसुर मुद्धामा अनुसन्धान कार्य भईरहेको र अन्य फरार ब्यक्तिहरुको समेत खोजतलास भईरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २२, २०७८ मंगलवार - १६:१७:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology