काठमाडौं । चीनले नेपाली सीमामा कुनै समस्या नरहेको प्रष्ट पारेको छ । हुम्लाको नाम्खा क्षेत्रमा भएको सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयप्रति प्रतिक्रिया जनाउँदै छेनले नेपालसँग सीमामा कुनै विवाद नरहेको दाबी गरेको हो । नेपालस्थित चीनियाँ राजदूतावासले यसबारेमा नेपाल सरकार आफैले स्पष्ट पारिसकेको जनाएको छ । सन् १९६० को दशकमा नै नेपाल र दुई मुलुकले मैत्रीपूर्ण छलफबाट सीमा विवाद हल गरिसकेको जनाइएको छ । सरकारले मंगलबार चीनसँग सीमा जोडिएको क्षेत्रमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको थियो ।