Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

इजरायल जानेहरुको भाषा परीक्षा भदौ २८ गते हुने

इजरायल जानेहरुको भाषा परीक्षा भदौ २८ गते हुने

दैनिकी न्यूज

१५, भाद्र २०७८
इजरायल जानेहरुको भाषा परीक्षा भदौ २८ गते हुने
images

काठमाडौं । केयरगिभरका रुपमा रोजगारीका लागि इजरायल जानेहरुको अंग्रेजी भाषाको लिखित परीक्षा भदौ २८ गते हुने भएको छ।

इजरायलमा रोजगारीका लागि जान इच्छुकहरुले गत साउन १२ गतेदेखि साउन ३२ गतेसम्म वैदेशिक रोजगार विभागमा आवेदन दिएका थिए। विभागबाट स्वीकृत भएका आवेदकहरुमात्र अंग्रेजी भाषाको लिखित परीक्षामा सहभागी हुन पाउने विभागले जनाएको छ।

परीक्षा काठमाण्डौका विभिन्न केन्द्रमा दिउँसो १ बजेदेखि भौतिक उपस्थितिमा हुनेछ। छनोट भई जाने नेपाली कामदारको भिसा अवधि ५ वर्षको हुनेछ। मासिक कमाइ १ हजार ६०० अमेरिकी डलर हुने बताइएको छ।

images
प्रकाशित मिति :भाद्र १५, २०७८ मंगलवार - ०९:५६:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology