Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

राजधानीबाट हराएका २४ मोटरसाइकल भेटिए

राजधानीबाट हराएका २४ मोटरसाइकल भेटिए

दैनिकी न्यूज

११, भाद्र २०७८
राजधानीबाट हराएका २४ मोटरसाइकल भेटिए
images

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका छन ।

महाशाखाले उपत्यकाका पशुपति, नागर्जुन नगरपालिका, पुतलिसडक, ठमेल, बालाजु, कपन, थली, सानेपा, महाराजगंज, एकान्तकुना, राधेराधे, सामाखुसी, चावहिल, बानेश्‍वर, टोखा, पाटन अस्पताल, शेषमती, गोल्ढुङ्गा, सेतोपुल, बिजुलीबजार, भृकुटीमण्डप र बुढानिलकण्ठलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाउनु भएको हो ।

कार्यक्रममा बोल्नुहुदैँ एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बर्ताए । उनले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताए ।

रोहन शर्मा, प्रदिप लामा, नारायण गिरी, सन्देश पुन मगर, मिन बहादुर लामा, भरत कुमार पोखरेल, कृष्णगरि बिष्‍ट, राजु श्रेष्ठ, सुरेश लामिछाने, निरन पाण्डे, लिला बहादुर आले, हरिभक्त शाही, भाईराजा कार्की, सुसिला सिलवाल, सन्देश आचार्य, शुक्रजंग पाण्डे, मिलन कुमार जोशी, राजिभ अर्याल, राजेन्द्र के।सी।, किर्पा घले, अनिल पौडेल, भैरव परियार, बाजेन्द्र थापा र फुर्वा नाम्गेल शेर्पाको मोटरसाइकलहरू यस महाशाखाको पीडित सहायता ईकाईबाट खटिएको ट्राफिक प्रहरी टोलीले खोजतलास गरेको हो ।

images
प्रकाशित मिति :भाद्र ११, २०७८ शुक्रवार - १५:०३:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology