ललितपुर। अवैध बुद्धचित्त सहित ललितपुरको सानेपाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
गत बुधबार महानगरीय प्रहरी प्रभाग सानेपाको प्रहरी टोलीले ललितपुर–२ सानेपा कालोपुल स्थितमा आकस्मिक चेकिङ गर्ने क्रममा ललितपुरबाट काठमाण्डौ तर्फ जान भनी जाँदै गरेको बा.२ ज.३६०७ नम्बरको भाडाको ट्याक्सीलाई रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्ला, तेमाल गाउँपालिका वडा नं. ९ स्थायी वतन भई हाल काठमाडौं जिल्ला, स्वयम्भु बस्ने बर्ष २९ को रोज बहादुर तामाङ रहेको छ ।
प्रहरीको अबैध बुद्धचित्तको ९ के.जी. दानासमेत बरामद गरेको छ । घटनामा संलग्न तामाङलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागी डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा पठाईएको महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनले जानकारी दिए ।