Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

ललितपुर प्रहरीको एक्सनः जुवा तास खेल्ने ११ जना इमाडोलबाट पक्राउ

ललितपुर प्रहरीको एक्सनः जुवा तास खेल्ने ११ जना इमाडोलबाट पक्राउ

दैनिकी न्यूज

११, भाद्र २०७८
ललितपुर प्रहरीको एक्सनः जुवा तास खेल्ने ११ जना इमाडोलबाट पक्राउ
images

ललितपुर । ललितपुर प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ३ महर्जन चोकमा रहेको इक घरबाट जुवातास खेलीरहेको अवस्थामा ११ जुवाडेलाई पक्राउ गरेको छ । सुनिल महर्जनको घरमा अवैद्य रुपमा जुवातास खेली खेलाई रहेको अवस्थामा शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी–३ बस्ने बर्ष ३२ को अनिल महर्जन, महालक्ष्मी–४ बस्ने बर्ष ४६ को मनोज दाहाल, महालक्ष्मी–३ बस्ने बर्ष ३८ को केदार नेपाल, महालक्ष्मी–४ बस्ने बर्ष ३१ को दिनेश के.सी., महालक्ष्मी–४ बस्ने बर्ष ३८ को सन्तोष के.सी., महालक्ष्मी–१ बस्ने बर्ष ४० को अमित कुमार के.सी. रहेका छन् ।

त्यस्तै रामेछाप जिल्ला पिङ्खुकरी–९ घर भई हाल भक्तपुर जिल्ला दघिकाट बस्ने बर्ष ३६ को आनन्द लामा, ललितपुर–९ च्यासल बस्ने बर्ष ४२ को विजय जिम्बा, रामेछाप भटैली–४ घर भई जि महालक्ष्मी–१ बस्ने बर्ष ३४ को निरोज तामाङ, सिन्धुपालचोक तार्थली–५ घर भई हाल ईमाडोल बस्ने बर्ष ३६ को राजकुमार श्रेष्ठ र ललितपुर जिल्ला गिम्दी घर भई हाल महालक्ष्मी–८ बस्ने बर्ष ३८ को सरोज रुम्बा रहेका छन् ।

123.jpg

उनीहरुको साथबाट प्रहरीले २ लाख ३८ हजार १८५ रुपैयाँ नगद, तास र मोबाइल समेत बरामद गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको र पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने परीसर ललितपुरले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७८ शुक्रवार - ०६:२२:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology