Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई युवा पक्राउ, घटनामा संलग्न प्रहरी निलम्बित

पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई युवा पक्राउ, घटनामा संलग्न प्रहरी निलम्बित

दैनिकी न्यूज

७, भाद्र २०७८
पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई युवा पक्राउ, घटनामा संलग्न प्रहरी निलम्बित
images

रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ गरेको छ भने दुई प्रहरीलाई निलम्बन गरेको छ । यस घटनामा नेपाल पत्रकार महासंघ रौतहट शाखाका एक पदाधिकारीको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपाल पत्रकार महासंघ, रौतहट शाखाका सहसचिव सञ्जय शहनीद्वारा रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं. १ वस्ने वर्ष २४ को धिरज यादव र सर्लाही जिल्ला रामनगर–१ बहुअर्वा वस्ने वर्ष २३ को जितेश कुमार यादवलाई मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ ।

त्यसपछि शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाई कुराकानी गरी पक्राउ गर्न लगाएका थिए । प्रहरीले धीरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेको छ । सह–सचिव सहनी फरार छन् । 

लागु औषध नाईट्रभेट राख्ने धिरज यादव र जितेश कुमार यादवलाई अपराधिक षडयन्त्र लागु औषध मुद्धामा जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गैर व्यवसायिक कार्य गर्ने प्रहरी सहायक निरीक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई निलम्बन गरी संलग्नता बारे थप अनुसन्धान गरिरहेको डीएसपी नारायण प्रसाद चिमरियाले जानकारी दिए ।

साउन ३२ मा साँझ ८ बजे रौतहटको गौर नगरपालिका–१ स्थित होटल ग्रिन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका मोजिबुल्लाह र राजपुर नपा–७  घर भएका शेख गुलाबलाई प्रहरीले पक्राउ गरेको थियो ।  हालै सार्वजनिक एक सीसी टीभी फुटेजमा लागूऔषध राखिदिएर पक्राउ गराइएको देखिएपछि अनुसन्धान थालिएको थियो ।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - १६:२७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology