Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

यी हुन् माओवादी केन्द्रले चयन गरेका ७ प्रदेश इन्चार्ज

यी हुन् माओवादी केन्द्रले चयन गरेका ७ प्रदेश इन्चार्ज

दैनिकी न्यूज

६, भाद्र २०७८
यी हुन् माओवादी केन्द्रले चयन गरेका ७ प्रदेश इन्चार्ज
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ।

आइतबार बसेको स्थायी कमिटी बैठकले ६ वटा प्रदेशको नेतृत्वको कार्यविभाजन गरेको छ।

आजै सर्कुलर जारी हुने गरी कार्यविभाजन गरेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए।

माओवादी केन्द्रका ७ वटा मध्य ६ प्रदेशको इन्चार्ज तोकेको हो।

प्रदेश नं. २ मा स्थायी कमिटी सदस्य गणेश शाह इन्चार्ज तोकिएका छन्। वागमती प्रदेशमा हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् भने गण्डकी प्रदेशमा हितराज पाण्डे इन्चार्ज भएका छन्।

त्यस्तै, लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा शक्ति बस्नेत इन्चार्ज तोकिएका छन्। सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट इन्चार्ज तोकिएका छन्।

प्रदेश नं. १मा भने सुरेन्द्र कार्की र सावित्री काफ्ले मध्य कसलाई इन्चार्ज बनाउने टुंगिएको छैन।

images
प्रकाशित मिति :भाद्र ६, २०७८ आइतवार - २१:२४:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology