Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

एमाले फुट्योः माधव नेपालद्वारा नेकपा एमाले समाजवादी दर्ता

एमाले फुट्योः माधव नेपालद्वारा नेकपा एमाले समाजवादी दर्ता

दैनिकी न्यूज

२, भाद्र २०७८
एमाले फुट्योः माधव नेपालद्वारा नेकपा एमाले समाजवादी दर्ता
images

काठमाडौं । लामो रस्साकस्सीपछि अन्ततः नेकपा एमाले दुई चिरामा बिभाजित भएको छ । केपी शर्मा ओलीले नेतृत्व गरेको एमालेबाट छुट्टिएर माधव कुमार नेपालले निर्वाचन आयोग पुगेर ‘नेकपा एमाले सामाजवादी’ दल दर्ता गराएका छन् ।

नेपाल समूहका नेताहरु आयोग पुगेका छन् । नेपाल नयाँ दर्ता भएको नेकपा एमाले समाजवादीको संयोजकमा रहेका छन् । ९५ सदस्यीय केन्द्रीय कमिटी हुने र चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमा २० प्रतिशत पुगेपनि दल विभाजन गर्न सकिने गरी हदैसम्मको लचक प्रावधान राखेर प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको विवादास्पद अध्यादेशले तत्कालका लागि एमालेको माधवकुमार नेपाल र जसपाको महन्थ ठाकुर पक्षलाई ठुलो राहत दिएको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - १८:०६:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology