Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

माधव नेपालले आज नयाँ दल दर्ता गर्दै, हस्ताक्षर संकलन गर्दै

माधव नेपालले आज नयाँ दल दर्ता गर्दै, हस्ताक्षर संकलन गर्दै

दैनिकी न्यूज

२, भाद्र २०७८
माधव नेपालले आज नयाँ दल दर्ता गर्दै, हस्ताक्षर संकलन गर्दै
images

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिँदै छ । अहिले काठमाडौंस्थित अर्याल होटेलमा उनीहरू रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै निर्वाचन आयोग जाने उनीहरूको तयारी छ । उनीहरूले नयाँ दल दर्ता गर्ने तयारी गरेका हुन् ।

नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तयारी गरिएको छ । उक्त अध्यादेश राजपत्रमा प्रकाशित भएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ स्वतः निस्क्रिय हुनेछ ।

सरकारले संसदीय दलका २० प्रतिशत सांसद भए पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याए पनि आफूहरुसँग ४० प्रतिशत वढी सांसद रहेको नेपाल समूहको दाबी छ। स्रोतका अनुसार दल विभाजनका लागि चाहिनेभन्दा बढी सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ।

images
प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - १३:५३:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology