Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

राष्ट्रपतिद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी

दैनिकी न्यूज

२, भाद्र २०७८
राष्ट्रपतिद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी
images

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा पेस भएको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपतिका स्वकीय सचिव डा.भेषराज अधिकारीका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दिउँसो १ः१० अध्यादेश प्रमाणीकरण गरेकी हुन्।

सरकारले सो अध्यादेश राष्ट्रपतिकहाँ मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी जारी गर्न सिफारिस गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ। यसअघि कम्तीमा ४० प्रतिशत सदस्य पुगेमात्रै दल फुटाउन पाइने व्यवस्था थियो।

उक्त प्रावधानलाई खुकुलो पार्दै नयाँ अध्यादेशले अब दलहरूलाई विभाजनका लागि सहज बनाएको हो । यो अध्यादेश जारीसँगै अब एमाले र जनता समाजवादी पार्टी फुटका लागि बाटो खुलेको छ । पार्टी विभाजनका लागि एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूह तयारी अवस्थामा छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - १३:३९:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology