काठमाडौँ । संघीय संसदको दुबै अधिवेशन अन्त्य गरेको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चापछि नेकपा (एमाले) मा तरंगित बनेको छ ।
अधिवेशन अन्त्यको सूचना सार्वजनिक भएसँगै आफू निकटका नेताहरुसँग सोमबार राति नै छलफल गरेर पार्टी एकताका लागि एक जुट आह्वान गरेका ओलीले आज (मंगलबार) स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् ।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज विहान ११ बजे स्थायी कमिटी र ३ बजे संसदीय दलको बैठक बोलाइएको स्थायी छ ।
स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बस्ने जनाइएको छ ।