Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

विद्युत् प्राधिकरणमा पुनर्वाहलीको माग गर्दै शाक्यले दिए सर्वोच्चमा रिट

विद्युत् प्राधिकरणमा पुनर्वाहलीको माग गर्दै शाक्यले दिए सर्वोच्चमा रिट

दैनिकी न्यूज

३२, श्रावण २०७८
विद्युत् प्राधिकरणमा पुनर्वाहलीको माग गर्दै शाक्यले दिए सर्वोच्चमा रिट
images

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सरकारले आफुलाई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै उनी सर्वोच्च पुगेका हुन् ।

उनले रिटमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई ४ वर्षको लागि गरिएको नियुक्ति बदर गर्न र सो पदमा आफु ४ वर्षको लागि नियुक्त भएकोले आफुलाई निरन्तरता दिनको लागि अनतरिम आदेश माग गरेका छन्।

आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत अधिकार हनन भएको उनले उल्लेख गरेका छन् ।

शाक्यलाई उनकै आग्रहमा सम्मानजनक रुपमा जल तथा ऊर्जा आयोगको सचिवालयमा विशिष्ट श्रेणीमा नियुक्ति गरि खाइपाइ आएको सेवा सुविधामा कटौती नहुने गरी उनले गर्नुपर्ने कार्यदेशसमेत उल्लेख गरी विशेष जिम्मेवारी दिएर सरुवा गरिएको भनिएपनि उनी सर्वोच्च गएका हुन् ।

images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - १७:२०:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology