Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

काठमाडौं महानगरले अझै केही दिन फोहोर नउठाउने

काठमाडौं महानगरले अझै केही दिन फोहोर नउठाउने

दैनिकी न्यूज

३२, श्रावण २०७८
काठमाडौं महानगरले अझै केही दिन फोहोर नउठाउने
images

काठमाडौं । काठमाडौं महानगरपालिकाले अझै केही दिन घरघरबाट फोहोर नउठाउने भएको छ।

उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोल ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको थियो।

महानगरले सोमबार सूचना निकालेर अझै केही दिन फोहोर नउठाइने बताएको छ। ल्यान्डफिल्ड साइटको सडक बिग्रेकोले मर्मत गर्नुपर्ने अवस्थामा छ। केहीदिनदेखि परेको वर्षाले ल्यान्डफिल्ड साइटमा सडक बिग्रेको छ।

‘सडक बिग्रेको कारण केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरले सूचना निकालेर भनेको छ।

images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - ०८:४७:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology