Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आजै केन्द्रीय कमिटीको बैठक सक्ने माओवादी केन्द्रको निर्णय

आजै केन्द्रीय कमिटीको बैठक सक्ने माओवादी केन्द्रको निर्णय

दैनिकी न्यूज

३१, श्रावण २०७८
आजै केन्द्रीय कमिटीको बैठक सक्ने माओवादी केन्द्रको निर्णय
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक आजै सम्पन्न गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो । बैठकमा नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले पेस गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रूपमा छलफल हुनेछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ ।

images
प्रकाशित मिति :श्रावण ३१, २०७८ आइतवार - १३:४५:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology