Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने

कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने

दैनिकी न्यूज

३०, श्रावण २०७८
कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने
images

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सरेको छ। यसअघि कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म हुने कार्यक्रम थियो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शनिबार सकिएको बैठकले महाधिवेशनको नयाँ मिति मंसिर ९ गतेदेखि १३ सम्मलाई निर्धारण गरिएको छ।

आज बसेको केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याएको छ।

यस्तो छ, कांग्रेसको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिका
– गाउँ, नगर वडा अधिवेशन (२०७८ भदौ १८ गते)
– गाउँ, नगरपालिका अधिवेशन (२०७८ भदौ २७ गते)
– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (२०७८ असोज १ गते)
– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ असोज ५ गते)
– एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज १० गते)
– प्रदेश अधिवेशन (कात्तिक १०, ११ र १२ गते)
– केन्द्रीय महाधिवशेन (२०७८ मंसिर ९ गतेदेखि सुरु)

images
प्रकाशित मिति :श्रावण ३०, २०७८ शनिवार - २०:३८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology