Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

कुलमान घिसिङले भने, 'ठूलो रिस्क लिएर आएको छु'

कुलमान घिसिङले भने, 'ठूलो रिस्क लिएर आएको छु'

दैनिकी न्यूज

२७, श्रावण २०७८
कुलमान घिसिङले भने, 'ठूलो रिस्क लिएर आएको छु'
images

काठमाडौं । नेपाल विद्युत्‌ प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालको ठूलो चुनौती स्वीकारेर आएको बताएका छन् ।प्राधिकरणमा बुधबार कार्यभार सम्हाल्ने क्रममा घिसिङले फेरि एकपटक 'रिस्क' लिएको बताएका हुन् । 'दोस्रो कार्यकाल ठूलो चुनौती स्वीकारेर आएको छु । यो भन्दा ठूलो चुनौती व्यक्तिगत जीवनमा अरु छैन । प्राधिकरणको आवश्यकता र सरकारले जिम्मेवारी दिने कुरा आयो र आम जनमानसमा प्राधिकरणमा एकचोटी आउनुपर्‍यो भनेर मैले फेरि 'रिस्क' लिएको छु,' उनले भने । प्राधिकरणको चुनौती एक्लैले मोल्न सक्ने अवस्था नरहेको भन्दै घिसिङले टिमवर्कमा जोखिम मोल्नु पर्नेमा जोड दिए । अबका दिनमा अगाडि कसरी बढ्ने, प्राधिकरणको हाइट कसरी माथि लाने भन्ने कुरामा केन्द्रित हुने कार्यकारी निर्देशक घिसिङको भनाइ थियो । आफू के-के न गर्ने योजनासहित नआएको भन्दै उनले सुशासन र गुणस्तरीय सेवा प्रवाह प्रमुख रुपमा अगाडि लैजाने, सरकारले उर्जा क्षेत्रमा दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए । नेपाल विद्युत्‌ प्राधिकरणको चर्चा विश्वमै रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले उपलब्धिको श्रेय आफूहरुले मात्रै नलिने बताए । 'नेपाल विद्युत् प्राधिकरण विश्वमै चिनिएको छ । सरकारमा को आयो भन्दा पनि विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशक को हुनु पर्छ भन्ने चर्चा हुने गरेको छ । यो प्राधिकरणको उपलब्धि हो । यो मैले मात्रै क्रेडिट लिने होइन । टिमकै उपलब्धि हो ।'

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - २२:४०:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology