Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङले गरे पदबहाली

विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङले गरे पदबहाली

दैनिकी न्यूज

२७, श्रावण २०७८
विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङले गरे पदबहाली
images

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् । रत्नपार्कस्थित कार्यालय पुगेर उनले बुधबार दिउँसो पद बहाली गरेका हुन् ।

उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका थिए । घिसिङ उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

उनी यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएपनि आम जनताको चाहना उनी नै नेतृत्वमा दोहोरिउन भन्ने थियो । तर, तत्कालीन केपी शर्मा ओली सरकारले उनलाई पुनर्नियुक्ति दिएको थिएन ।

घिसिंङको पालामा नेपाल विद्युत प्राधिकरणमा विभिन्न सुधारका काम भएका थिए । उनकै पालामा चुहावट नियन्त्रण र लोडसेडिङ अन्त भएको थियो ।

सरकारले प्राधिकरणमा कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गरेको छ ।

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - १८:१४:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology